आईतवार, असार २८,२०८३ 03:04:29
Bizshala
  • आईतवार, असार २८,२०८३ 03:04:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली-देउवाबीच सहमति'

Laxmi Sunrise Bank Limited
'एक साताभित्र गभर्नर नियुक्त गरिसक्ने ओली-देउवाबीच सहमति'

काठमाण्डौ । प्रमुख सत्तारुढ घटक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी ओलीनिकट मानिने युवा नेता विष्णु रिजालले नेपाल राष्टबैंकको गभर्नर अबको एकसाताभित्र नियुक्त भइसक्ने दाबी गरेका छन् ।  

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिवार राति बालुवाटारमा भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै उनले ओली र देउवाबीच एकसाताभित्र गभर्नर नियुक्त गर्ने सहमति भएको प्रष्ट संकेत गरेका हुन् । 

New Office
CG Motors
Garima Development Bank

'आशा गरौं, प्रक्रियागत जटिलता मिलाएर गभर्नरको नियुक्ति एक सातामै हुनेछ ।'-उनले फेसबुक स्टाटस पोस्ट गरेका छन् ।  

नेता रिजालले सरकार परिवर्तनको हल्ला गरेर आत्मरतिमा रमाउनेहरूको खेतिपाती बन्द भएको दाबी समेत गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'मुलुकमा अस्थिरता सिर्जना गर्ने र त्यसैमा आफ्नो भविष्य खोज्नेहरूका लागि एमाले कांग्रेसबीचको सहमति र केपी शर्मा ओली नेतृत्वको सरकार मुख्य अवरोध देखिएकाले चलाइएका हल्ला प्रम ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको हिजो रातिको छलफलपछि समाप्त भएका छन् । उनले भनेका छन्-'पटक-पटक सरकारका बारेमा किन भनिरहनुपर्यो भन्नेहरूका लागि जवाफ छः पटक-पटक हल्ला चलाइएपछि पटक(पटक स्पष्ट पार्नुपर्ने हुन्छ ।'  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.