बिहीबार, बैशाख १०,२०८३ 09:21:21
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 09:21:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्मचारीको निरन्तरको मेहनतले एलओडी विश्वकै ४४ औँ उत्कृष्ट क्लबमा: निर्देशक कुँवर

Bizshala
कर्मचारीको निरन्तरको मेहनतले एलओडी विश्वकै ४४ औँ उत्कृष्ट क्लबमा: निर्देशक कुँवर
Shivam Cement

काठमाण्डौ । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई विश्वकै ४४ औँ उत्कृष्ट क्लब बनाउन सफल भएको बताएका छन् ।

सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।

उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ । क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् ।’

यस्तै, उनले क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले भने, ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौ । हामी नेपाली समाजदेखि टाढा छैनौ । हामी पनि यहीँ समाजका नागरिक हौँ । हामीप्रति कोही पनि नकारात्मक नभइदिनु होला । हामीले विःशुद्ध व्यवसाय गरेका हौँ । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पुरा गरेका छौ।’

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे ।

CG Motors
Garima Development Bank
IME remit

निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई चिर्न सकेको दाबी गरे । क्लब जानु भनेको नराम्रो मानिने नेपाली समाजको आम धारण रहेको बताउदै उनले  विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । उनले भने, ‘नियत खराब भए त कसको के लाग्छ र रु आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’  उनले अगाडि थपे,’  यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’

उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए  । क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले बताए । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.