सोमबार, श्रावण १८,२०८३ 04:50:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:50:13
Bizshala
Global IME Bank Limited

भोल्भोले अमेरिकामा ५% कर्मचारी हटाउने

भोल्भोले अमेरिकामा ५% कर्मचारी हटाउने
New Office

काठमाण्डौ । स्विडेनको बहुराष्ट्रिय लक्जरी कार निर्माता कम्पनी भोल्भोले अमेरिकामा ५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले बुधबार अमेरिकामा रहेको चाल्र्सटन कारखानामा कार्यरत ५ प्रतिशत कर्मचारीलाई निकाल्ने र उत्पादन परिवर्तन गर्ने जनाएको हो ।  

बजारको बदलिदो अवस्था र अमेरिकी ट्यारिफ नीतिका कारण यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ताका अनुसार यो निर्णयबाट साउथ कारोलिनामा रहेको कारखानामा कार्यरत कुल २५ सय कर्मचारीमध्ये १२५ जना प्रभावित हुनेछन् । तर कुन तहका कर्मचारी प्रभावित हुने र यसले उत्पादनमा कस्तो प्रभाव पार्छ  भन्नेबारे भने उनले केही पनि खुलाएनन् ।  

भोल्भोमा अधिकांश हिस्सा चिनियाँ गिली होल्डिङको रहेको छ । यद्यपी कम्पनीले साउथ कारोलिनामा ४ हजार रोजगार सिर्जना गर्ने यसअघिको घोषणामा भने प्रतिबद्ध रहेको जनाएको छ ।  

सन् २०२४ को तथ्यांकअनुसार विश्वभर भोल्भोका करिब ४३ हजार कर्मचारी कार्यरत छन् । जसमध्ये युरोपमा २९ हजार,एशियामा १० हजार र अमेरिकी क्षेत्रमा ३ हजार कर्मचारी कार्यरत छन् ।  

अमेरिकाको चाल्र्सटनस्थित कारखानाको वार्षिक उत्पादन क्षमता करिब १ लाख ५० हजार युनिट रहेको छ । यो कारखानाबाट अहिले ईएक्स९० इलेक्ट्रिक एसयुभी र पोलस्टार मोडल थ्रि मात्रै उत्पादन भईरहेको छ । यहाँको अधिकांश उत्पादन युरोपमा आपूर्ति हुँदै आएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.