सोमबार, श्रावण १८,२०८३ 03:35:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:35:47
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमकहरुले भित्र्याए रु.३५.०९ अर्ब प्रिमियम, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको

निर्जीवन बीमकहरुले भित्र्याए रु.३५.०९ अर्ब प्रिमियम, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे ३५ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा निर्जीवन बीमकहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ प्रिमियम भित्र्याएका हुन् ।  

यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.७६ प्रतिशत मात्रै बढी हो । गत आवको वैशाख मसान्तसम्म निर्जीवन बीमकहरुले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

सो अवधिसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले सो अवधिसम्म ४ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ३.१० प्रतिशत बढी हो ।  

त्यस्तै, सगरमाथा लुम्बिनीले ४ अर्ब ४ करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब ४७ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ८ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब २ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड, एनएलजीले २ अर्ब ४२ करोड, दि ओरियन्टलले २ अर्ब २५ करोड, सानिमा जिआइसीले २ अर्ब ९ करोड, युनाइटेड अजोडले २ अर्ब ९ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड र नेशनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।  

गत आवको तुलनामा ४ बीमा कम्पनीको व्यवसाय घटेको छ भने बाँकी १० कम्पनीको बढेको छ ।  

सर्वाधिक व्यवसाय बढाउनेमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय ३७.११ प्रतिशतले बढेको छ । त्यस्तै, यता एनएलजी इन्स्योरेन्सले पनि १८.८९ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ ।  

गत आवको तुलनामा व्यवसाय घट्नेमा युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स रहेको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.