सोमबार, आश्विन २६,२०८३ 04:01:56
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:01:56
Bizshala
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषमा योगदानको लागि ई–सेवा मनि ट्रान्सफर र टच एन गोको साझेदारी

Bizshala
सामाजिक सुरक्षा कोषमा योगदानको लागि ई–सेवा मनि ट्रान्सफर र टच एन गोको साझेदारी
New Office

काठमाण्डौ । नेपालको अग्रेणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ई–सेवा मनि ट्रान्सफरले ‘टच एन गो’ सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।

यस सम्झौता टीएनजीका प्रमुख कार्यकारी अधिकृत सर्भे स्वरेन राजा गोपाल र ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाबीच सम्पन्न सम्झौतामा ई–सेवा मनि ट्रान्सफर र टच एन गो ई–वालेटबीचको दीर्घकालीन सहकार्यको सम्भावना पनि प्रस्ट पारिएको छ। सम्झौताअनुसार अब मलेसियामा रहेका नेपालीहरूले टच एन गो ई–वालेटमार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

टच एन गोका प्रमुख कार्यकारी अधिकृत सर्भे स्वरनले नेपालकै सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवानसफ्टअन्तर्गतको पहिलो डिजिटल रेमिट्यान्स कम्पनी, ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भने, ‘यो साझेदारी केवल रेमिट्यान्समा मात्र सीमित छैन, हामी एफवानसफ्टसँग आपसी वृद्धिका र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ। सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवर्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो।’

ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने,‘मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सुरक्षा कोषमा सहज पहुँच प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। अब मलेसियामा रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले एच एन गो एपमार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा आफ्नो योगदान गर्न सक्नेछन्। यस साझेदारीले भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउनुका साथै प्रवासी नेपालीहरूको दीर्घकालीन वित्तीय सुरक्षामा पहुँच टेवा पुर्याउने छ भन्ने हाम्रो विश्वास छ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.