बिहीबार, असार १२,२०८२ 08:38:27
  • बिहीबार, असार १२,२०८२ 08:38:27
Global IME Bank Limited

निर्जीवन बीमकहरुले संकलन गरे रु.३९ अर्ब प्रिमियम, शिखरको सबैभन्दा धेरै

Hyundai Nepal
निर्जीवन बीमकहरुले संकलन गरे रु.३९ अर्ब प्रिमियम, शिखरको सबैभन्दा धेरै
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७.४४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमकले चालु आवको ११ महिनासम्ममा ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.४४ प्रतिशत बढी हो । 

गत आवको ११ महिनासम्ममा निर्जीवन बीमकहरुले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । सो अवधिसम्म आइपुग्दा दुई कम्पनी बाहेक सबैको व्यवसाय गत आवको तुलनामा बढेको छ । राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यवसाय गत आवको तुलनामा घटेको छ भने बाँकीको बढेको छ । सो अवधिसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । यो रकम गत आवको तुलनामा ३.९७ प्रतिशत बढी हो । शिखर इन्स्योरेन्सको यो प्रिमियम रकम निर्जीवन बीमकहरुले आर्जन गरेको कुल बीमाशुल्कको १३.०४ प्रतिशत हो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५० करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब ९० करोड, हिमालयन एभरेष्टले ३ अर्ब ५१ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब ३९ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ९५ करोड, एनएलजीले २ अर्ब ७४ करोड, दि ओरियन्टलले २ अर्ब ४२ करोड, युनाइटेड अजोडले २ अर्ब ४१ करोड, सानिमा जिआइसीले २ अर्ब ३६ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ५७ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३१ करोड र नेशनल इन्स्योरेन्सले ९७ करोड ७६ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका छन् । 

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बृद्धि गर्नेमा भने दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय ३८.१८ प्रतिशतले बृद्धि भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्सको ३१.५२ प्रतिशतले बढेको छ भने एनएलजी इन्स्योरेन्सको व्यवसाय २१.३४ प्रतिशतले बढेको छ ।

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.