काठमाण्डौ। इको प्यानल नेपाल प्रालिले देशभर डिलर माग गरेको छ । कम्पनीद्वारा उत्पादित प्रिफ्याब्रिकको माग बढेसँगै कम्पनीले देशभर डिलर खोजेको जनाएको छ ।
इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यही निर्माण सामाग्रीको बिक्री वितरणका लागि कम्पनीले देशभर डिलर खोजेको हो ।
इको प्यानल नेपालले भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा कारखाना स्थापना गरी निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दै आएको छ । यसको कर्पोरेट कार्यालय भने भक्तपुरको सल्लाघारीमा रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।