बिहीबार, श्रावण १,२०८२ 12:37:49
  • बिहीबार, श्रावण १,२०८२ 12:37:49
Global IME Bank Limited

आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा

Hyundai Nepal
आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा
Shivam Cement

काठमाण्डौ । महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सम्मान एवं सुभोभन समारोहमा ३१ वटा संस्था सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उक्त समारोहमा ३१ जना व्यवसायी सम्मानित भएका हुन् ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ३१ व्यवसायीलाई आज सम्मान गरेका हुन् ।  

तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी तथा व्यवसायी कम्पनीको तर्फबाट पाँच व्यवसायीले सम्मान पाएका छन् । जसमा ऊनी गलैंचातर्फ श्री थर्ड आई इन्टरनेसनल, तयारी पोशाकतर्फ श्री नेपाल फेसन प्रालि, ऊनी फेल्टका सामानहरूतर्फ  नेसनल एक्सपोर्टस् प्रालि, छुर्पीतर्फः मनराम हिमालयन ह्याण्डीक्राफ्ट प्रा।लि। र पश्मिना वस्तुतर्फ श्री ट्राइकोट इन्डष्ट्रिज प्रालि छन् ।

त्यस्तै, भारततर्फको रकमको आधारमा सबैभन्दा धेरै निर्यात गर्ने व्यवसायीको तर्फबाट डाबर नेपाल, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्सले सम्मान पाएका छन् भने चीनतर्फको रकमको आधारमा सबैभन्दा धेरै निर्यात गर्नेको तर्फबाट छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल कम्पनीले सम्मान पाएका छन् ।  

बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी÷व्यवसायीको तर्फबाट यो वर्ष पनि आईएमई लिमिटेडले यो सम्मान पाएको छ ।

यता नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताको तर्फबाट गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रा।लि।,वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भाव्य वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरूमध्ये नेपाल एभरेष्ट कार्डामम प्रडक्सन र एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स, निर्यात व्यापारमा कुल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताको तर्फबाट जनकपुर रिफाइनरिज कम्पनी, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी/व्यवसायीको तर्फबाट एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सम्मान पाएका छन् ।  

Muktinath Bikas Bank Limited

त्यस्तै, व्यवसायीका प्रतिनिधिमूलक संस्थातर्फ क्रमश नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले पनि यो सम्मान पाएका छन् ।  

त्यस्तै, तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा १ अर्ब वा सो भन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरू तर्फबाट द सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रिज प्रालि, एभरेष्ट फेसन ललितपुर, त्रिवेणी स्पिनिङ मिल्स, काठमाडौंले पनि यो सम्मान पाएका छन् ।  

व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब वा सो भन्दा बढी निर्यात गर्ने वस्तुगत संघका अध्यक्षहरूलाई मानार्थ सम्मानको रूपमा नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्षलाई पनि सम्मान गरिएको छ ।  

तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल १५ अर्ब वा सो भन्दा बढी निर्यात गर्ने महासंघका अध्यक्षहरूलाई पनि यो सम्मान दिइएको छ । जसमा नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघ रहेका छन् ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा दुई करोड वा सोभन्दा बढी निर्यात गर्ने स्टार्टअपको तर्फबाट माइन्डफुल क्राफ्ट प्रालि पनि सम्मानित भएको छ ।  

सरकारबाट सम्मानित भएका ३१ व्यवसायीहरुले विशेष १० सुविधा पाउनेछन् । सरकारको तर्फबाट विशेष परिचय पत्र, प्रतीक चिह्न, र प्रमाणपत्र दिएर सम्मान गरिन्छ ।

साथै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू र अन्य वरिष्ठ सरकारी अधिकारीहरूसँग औपचारिक भेटघाटका लागि विशेष प्राथमिकता दिइनेछ ।  

यस्तो सम्मान पाउने व्यवसायीलाई दुई वर्षसम्म सिंहदरबार प्रवेशका लागि अन्य नचाहिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा र जाँदा विशेष प्रतीक्षालय (सिआइपी लाउन्ज) प्रयोग गर्न पाइने जनाइएको छ ।

नेपालका आन्तरिक विमानस्थलहरूमा पनि यो सुविधा प्रयोग गर्न सकिनेछ । सरकार र निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्यसम्बन्धी कार्यक्रम र समारोहहरूमा विशेष आमन्त्रण गरिनेछ ।  

यसका साथै विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला र प्रदर्शनीहरूमा नेपालको प्रतिनिधित्व गर्नका लागि प्राथमिकता पाइने, सार्क क्षेत्रका देशहरू भ्रमण गर्नका लागि सार्क स्टिकर भिसा सहजै उपलब्ध हुने, सरकारी तथा निजी क्षेत्रका कार्यक्रमहरूमा विशेष बस्ने स्थान तोकिने जस्ता सुविधा पाइनेछ ।  

त्यस्तै, सीआइपी परिचय पत्र र प्रतीक चिह्नको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षको निश्चित स्थानसम्म प्रवेशको सुविधा दिइने पनि उल्लेख छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X