शनिबार, बैशाख ५,२०८३ 01:17:54
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:17:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकल ग्राहकलाई तोकिएभन्दा बढी सेयरकर्जा दिने बैंकले सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने

Bizshala
एकल ग्राहकलाई तोकिएभन्दा बढी सेयरकर्जा दिने बैंकले सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै बढ्ने सम्भावना बोकेको सेयर बजारमा कर्जा लिएर लगानी गर्न चाहनुहुन्छ भने खुशीको खबर छ । बजार तथा लगानी गर्ने स्क्रिप्टहरुको राम्रो अध्ययन गरी लगानी गर्न चाहनेहरुका लागि नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बढाएको एकल ग्राहक कर्जाको सीमा सम्बन्धी व्यवस्था साउन १ गतेदेखि नै कार्यान्वयनमा आउने भएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाहरुका नाममा बुधबार एक सर्कुलर जारी गर्दै मौद्रिक नीतिमा भएको व्यवस्था साउन १ गतेदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

योसँगै अब मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा साबिकको १५ करोडबाट बढेर २५ करोड रुपैयाँ पुगेको छ । यसको अर्थ एकल व्यक्तिले सेयर धितो कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट २५ करोड रुपैयाँसम्म लिन पाउनेछ ।

CG Motors
Garima Development Bank
IME remit

 तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि चाहिँ यस्तो सीमा यसअघि नै हटिसकेको छ ।  

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था भएको गरिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.