काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६ र १७ (भदौ ३१ देखि असोज १) मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीको दुईदिने भ्रमण तय भएको हो।
२०८१ साल असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसयता भारत भ्रमण गरेका थिएनन्। यो भ्रमण प्रधानमन्त्री ओलीको भारतप्रतिको पहिलो औपचारिक विदेश भ्रमण हुनेछ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                