काठमाण्डौ । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल कम्प्याक्टलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जनाएको हो । अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को मिति २०८१ फागुन २२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।
त्यसपश्चात एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको थियो । अहिले नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
एमसिए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी( सँग निकटतापूर्वक काम गरिरहेको छ। एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                