शुक्रबार, भाद्र ५,२०८३ 12:10:10
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 12:10:10
Bizshala
Global IME Bank Limited

एलआईसीका कर्मचारीहरुको तलब १७%ले वृद्धि

एलआईसीका कर्मचारीहरुको तलब १७%ले वृद्धि
New Office

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतका कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि हुने भएको छ । भारतको केन्द्र सरकारले कम्पनीका कर्मचारीहरुको तलब वृद्धि गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो ।  

यो वृद्धि सन् २०२२ अगस्टदेखि मान्य हुने जनाइएको छ । कम्पनीका कर्मचारीहरुको तलब आगामी महिनादेखि वृद्धि भएको तलब हात पार्नेछन् ।  

Bizshala
CG Motors

केन्द्र सरकारको यो निर्णयले कम्पनीलाई वार्षिक ४ हजार करोड भारु अतिरिक्त आर्थिक भार पर्नेछ ।  

त्यस्तै एक अप्रिल २०१० देखि नियुक्त भएका २४ हजार कर्मचारीहरुको राष्ट्रिय पेन्सन प्रणालीमा योगदान १० प्रतिशतले १४ प्रतिशत पुगिसकेको छ ।  

नयाँ संशोधित व्यवस्था अनुसार पेन्सनवालाहरुको योगदानलाई प्रोत्साहित गर्नका लागि एकमुष्ट भुक्तानीको व्यवस्था गरिएको भारतीय मिडियाहरुले बताएका छन् । यसबाट ३० हजारभन्दा बढी पेन्सनकर्ता तथा पारिवारिक पेन्सनकर्ताहरुलाई लाभ पुग्ने जनाइएको छ । कम्पनीले सरकारले पारिवारिक पेन्सनकर्ताहरुको मात्रा बढाएको र यसबाट २१ हजारभन्दा बढी पेन्सनमा आश्रित परिवार लाभान्वित भएको जनाएको छ ।  

यो परिवर्तनबाट एलआईसीसँग जोडिएका कर्मचारी तथा पेन्सनकर्ताहरुमा सकारात्मक प्रभाव पर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले भविष्यका पिढीका लागि एलआईसीलाई आकर्षक रोजगार केन्द्र बनाउने समेत जनाएको छ ।  

भारत सरकारले महंगाई भत्तामा गरेको ५० प्रतिशतको वृद्धिसँगै एलआईसीका कर्मचारीहरुको तलब पनि वृद्धि भएको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.