काठमाण्डौ । काठमाण्डौको चक्रपथ क्षेत्रभित्र कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय गरेको हो ।
प्रशासनले जेनजी समूहको प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएपछि सोमबार आज बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो । उक्त अवधि समाप्त भएसँगै आज बिहान साढे ८ बजेदेखि पुनःकर्फ्यु लगाइएको हो ।
बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्याल काठमाण्डौले जनाएको छ ।
कर्फ्यु अवधिभर सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न र अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न बन्देज गरिएको छ ।