काठमाण्डौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिले मन्त्री पदमा निरन्तरता दिन नसक्ने भन्दै उनले यस्तो कदम चालेका हुन्।
पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “वर्तमान अवस्थाले सरकारमा टिकिरहन असम्भव भएको छ। त्यसैले राजीनामा दिने निर्णय गरेको छु।”
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि आन्दोलनमाथिको दमनप्रति आपत्ति जनाउँदै राजीनामा घोषणा गरेका थिए।
उता, कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई तत्काल पदत्याग गर्न निर्देशन दिएको जानकारी पनि बाहिर आएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                