आईतवार, असार २८,२०८३ 08:37:44
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:37:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२६ घण्टामै ‘राज्य कब्जा’: जेनजी आन्दोलनले पल्टाइदियो पुरानो सत्ता संरचनाको एक-एक तख्ता

Laxmi Sunrise Bank Limited
२६ घण्टामै ‘राज्य कब्जा’: जेनजी आन्दोलनले पल्टाइदियो पुरानो सत्ता संरचनाको एक-एक तख्ता

काठमाण्डौ । जेनजी आन्दोलन सुरु भएको २६ घण्टा नपुग्दै प्रदर्शनकारीहरूले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालतदेखि शीतल निवाससम्म कब्जा गरेका छन्। संसद भवन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको आगजनीले अब केवल सडक आन्दोलन मात्र नभई राज्यको केन्द्रीय संरचना नै प्रत्यक्ष चुनौतीमा परेको देखाएको छ।

New Office
CG Motors
Garima Development Bank

घटनाक्रम

सोमबार आन्दोलन सुरु भएको केही घण्टामै २० जनाको ज्यान गएपछि युवाहरूको आक्रोश मंगलबार विस्फोटक बनेको थियो। बिहानैदेखि प्रमुख राजनीतिक दलका नेताहरूको निवासमा आगजनी र आक्रमण भयो। कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणामाथि भएको हमला त्यही असन्तुष्टिको चरम रूप थियो।

त्यसपछि संसद भवन र सिंहदरबार कब्जामा लिइयो, सर्वोच्च अदालतमा आगजनी भयो, मिडिया हाउसहरूमाथि समेत आक्रमण भयो, अनि अन्ततः राष्ट्रपति कार्यालय शीतल निवास जलाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र राष्ट्रपतिद्वारा स्वीकृति भए पनि आन्दोलन शान्त भएन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन्देश के हो?

१. पुरानो पुस्ताप्रति निराशा – तीन दशकदेखि राजनीतिको केन्द्रमा रहेका नेताहरू अब जनविश्वासको दायराबाहिर पुगेका छन्।

२. राज्य संयन्त्रको कमजोरी – दुई दिनमै प्रमुख शक्ति केन्द्र कब्जा हुनुले सुरक्षा निकाय असफल भएको देखाएको छ।

३. नयाँ नेतृत्वको खोजी – प्रदर्शनकारीहरूको माग केवल विरोधमा सीमित छैन, उनीहरू अब नयाँ पुस्ताबाट वैकल्पिक नेतृत्व चाहन्छन्।

जोखिम र सम्भावना

यो आन्दोलन दमन र हिंसामा मात्र टिके ठूलो राष्ट्रिय संकटमा परिणत हुन सक्छ। नेतामाथिको प्रत्यक्ष आक्रमण, सार्वजनिक सम्पत्ति क्षति र मिडिया हाउसमाथिको आक्रमणले आन्दोलनको वैधता कमजोर पार्न सक्छ। तर यदि यो ऊर्जा संस्थागत राजनीतिको दिशामा मोडियो भने, यो नेपालमा पुस्ता–परिवर्तनको निर्णायक क्षण बन्न सक्छ।

जेनजी आन्दोलनले २६ घण्टामै पुरानो सत्ता संरचना ‘ढलेको’ चित्र कोरेको छ। तर, यसले नयाँ नेपालको रूपरेखा कोर्ने क्षमता राख्छ कि राख्दैन भन्ने प्रश्न अझै अनुत्तरित छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.