आईतवार, असार २८,२०८३ 08:40:09
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:40:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वानः 'संविधानको बाटोबाटै समाधान खोज्नुपर्छ'

Laxmi Sunrise Bank Limited
सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वानः 'संविधानको बाटोबाटै समाधान खोज्नुपर्छ'

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा देशभर भएको हिंसा र विनाशले सिर्जना गरेको संकटपूर्ण अवस्थामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त रूपमा देशवासीलाई संयम, संवाद र संवैधानिक प्रक्रियाप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन्। शुक्रबार जारी संयुक्त वक्तव्यमार्फत उनीहरूले राष्ट्रपतिले संवैधानिक मार्गबाट समाधान खोज्न पहल गरिरहेको जनाउँदै आन्दोलनकारीका माग सम्बोधन गरी समृद्ध लोकतन्त्र निर्माणमा एकजुट हुन अपिल गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै सभामुख र अध्यक्षले भने, “युवाहरूको बलिदान र कर्तव्यपालनका क्रममा प्रहरीको ज्यान गुमेको घटनाले हामीलाई गम्भीर बनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्छौं। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी नहोस् भनी सम्बन्धित निकायलाई आग्रह गर्छौं।”

आन्दोलनले बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संसद सचिवालय, सरकारी कार्यालय, निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान र ऐतिहासिक सम्पदाहरूमा ठूलो क्षति पुर्‍याएको छ। “यो विनाशले राष्ट्रलाई गहिरो चोट पुर्‍याएको छ। यस्ता घटनाले हाम्रो साझा समृद्धिको सपनामाथि आघात पुगेको छ,” वक्तव्यमा उल्लेख छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामुख घिमिरे र अध्यक्ष दाहालले संकटको यो घडीमा संविधानको मर्यादा र विधिको शासनलाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिएका छन्। “जनताको सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनताको रक्षा हाम्रो प्राथमिकता हो। सम्माननीय राष्ट्रपतिज्यूले संवैधानिक प्रक्रियाबाट निकास दिने प्रयास गरिरहनुभएको छ। हामी सबैले संविधानवादको बाटो छोड्नुहुँदैन,” उनीहरूले भने।

आन्दोलनकारीका जायज मागहरूलाई संवैधानिक ढंगले सम्बोधन गरी अझ बलियो, समावेशी र समृद्ध लोकतन्त्र निर्माण गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरिएको छ। यो सन्देशले हिंसाको यो घडीमा शान्ति, संवाद र एकताको मार्ग अपनाएर देशलाई अघि बढाउनुपर्ने सन्देश बोकेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.