आईतवार, असार २८,२०८३ 08:40:55
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:40:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दुर्गा प्रसाईंको माग, संविधान पनि खारेज हुनुपर्ने

Laxmi Sunrise Bank Limited
सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दुर्गा प्रसाईंको माग, संविधान पनि खारेज हुनुपर्ने

काठमाण्डौ । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले फेरि पनि राजनीतिक बहसलाई तातेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली सेनाको नेतृत्वमा अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गर्दै हालको संविधान नै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

उनको दाबी अनुसार, नेपालको वर्तमान संविधान ‘पश्चिमी शक्तिहरूको डिजाइनमा बनेको’ हो। प्रसाईंले लेखेका छन्, “जेनजीको बलिदानलाई धोका दिन पाइँदैन। संविधान यही? संसद यही? राष्ट्रपति यही? व्यवस्था यही? सबै यही हो भने आन्दोलन किन गरियो?” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

जेनजी आन्दोलनमा सक्रिय देखिएका प्रसाईंमाथि आन्दोलनमा घुसपैठ गरेको आरोप समेत लागेको थियो। तर उनले त्यसलाई नकार्दै देश जोगाउने जिम्मेवारी अब नेपाली सेनाकै काँधमा आएको तर्क गरेका छन्। उनका अनुसार, “राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ, नत्र पुर्खा र निर्दोष बालबालिकाको बलिदान व्यर्थ हुनेछ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि पनि प्रसाईंले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउँदै हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। आलोचकहरूले उनको पछिल्लो टिप्पणीलाई पुनः युवालाई भडकाउने र गणतन्त्रविरुद्ध गलत प्रचार फैलाउने प्रयत्नको रुपमा व्याख्या गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.