काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति भइसकेको छ ।
योसँगै केहीबेरपछि उनको सपथ ग्रहण समारोह शितल निवासमा हुँदैछ ।
उनीसँगै कम्तीमा अन्य २ मन्त्रीको समेत नियुक्ति तथा सपथ हुनेछ । कुलमान घिसिंग र ओमप्रकाश अर्याल मन्त्री बन्दैछन् । जेनजी प्रतिनिधि सुदन गुरुंग पनि आजै मन्त्री बन्ने सम्भावना छ ।
आजै बस्ने मन्त्रिपरिषद बैठकले राष्टपतिसमक्षा संसद विघटनको सिफारिस गर्नेछ र राष्टपतिले आजै संसद विघटन गर्नेछन् । योसँगै अन्तरिम सरकारले आम निर्वाचनको समेत घोषणा गर्नेछ।
शितल निवासस्थित उच्च स्रोतहरुका अनुसार आगामी फागुन २१ गते आम ताजा जनादेशका लागि आम निर्वाचन गराउने घोषणा समेत आजै हुनसक्नेछ ।