आईतवार, असार २८,२०८३ 06:49:34
Bizshala
  • आईतवार, असार २८,२०८३ 06:49:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रपति पौडेलद्वारा संसद् विघटन, फागुन २१ मा चुनाव

Laxmi Sunrise Bank Limited
राष्ट्रपति पौडेलद्वारा संसद् विघटन, फागुन २१ मा चुनाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई शुक्रबार मध्यराति अनुमोदन गरेका छन् ।  

यो निर्णय नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति नै भएको हो।ण्

शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिले त्यसलाई सदर गर्दै आगामी फागुन २१ गते आम निर्वाचनको मिति समेत तोकेका छन्।

New Office
CG Motors
Garima Development Bank

कार्कीले शपथ ग्रहणपछि तत्कालै संसद् विघटन गर्ने सहमति बनेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै शपथ गराएका थिए।

गत सोमबार र मंगलबार भएको युवा पुस्ता (जेन–जी)को आन्दोलनपछि कार्की प्रधानमन्त्री बन्ने सहमति बनेको हो। सामाजिक सञ्जालमार्फत गरिएको छलफल र काठमाडौंका मेयर बालेन शाहको समर्थनपछि उनको नाम प्रधानमन्त्रीका लागि अघि सारिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकबाटै जननिर्वाचित संसद् विघटन हुनु मुलुकको राजनीतिक इतिहासमै दुर्लभ घटना मानिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.