आईतवार, आश्विन २५,२०८३ 08:24:45
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 08:24:45
Bizshala
Global IME Bank Limited

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत

Bizshala
सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत
New Office

काठमाण्डौ । काठमाण्डौस्थित सिटी सेन्टरले दशैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् । शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सो मध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । जसमा कपनका विनोद चौलागाईले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने बाल्ट्राको ‘वासिङ मेसिन, टिभी, फ्रिज लगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, क्रोर्कोेडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरुबाट गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम सिटी सेन्टरको आयोजना, इभेन्ट नेपालको सहकार्यमा विभिन्न कम्पनीहरुको सहभागीतामा सम्पन्न भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै सिटी सेन्टरका व्यवस्थापक अनिस महर्जनले भने, ‘हामीले ग्राहकहरुका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । यसले हाम्रो ग्राहकहरुसँगको अन्तरक्रिया र सद्भाव निर्माण हुने हुँदा आगामी दिनमा अझै वृहत रुपमा सेवा र सुविधा सहित योजनाहरु ल्याउनेछौँ ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सिजी मोटर्स (हिरो) का म्यानेजर प्रदिप पालले पुरस्कार हस्तान्तरण गर्दै भने, ‘हामीले यसरी विभिन्न व्यवसायिक स्थलहरुमा सहभागीलाई पुरस्कार वितरण गर्न पाउँदा सेवाग्राही लाभान्वित हने मात्र नभई आफ्नो ब्राण्ड प्रवद्र्धनमा टेवा पुगेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो ब्राण्डले सहकार्य गर्नेछ ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.