सोमबार, श्रावण १८,२०८३ 09:34:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:34:33
Bizshala
Global IME Bank Limited

केएल दुगर ग्रुपद्वारा अनाथालयका बालबालिकालाई क्रिसमस उपहार प्रदान

केएल दुगर ग्रुपद्वारा अनाथालयका बालबालिकालाई क्रिसमस उपहार प्रदान
New Office

काठमाण्डौ । क्रिसमसको अवसरमा केएल दुगर ग्रुपका सदस्यहरुले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई १ हजार लिटरको पानी ट्यांकी प्रदान गर्नुका साथै त्यहाँ रहेका बालबालिकाहरुलाई विभिन्न उपहारहरु बाँडेको छ। कम्पनीले  कक्षा १ देखि ८ सम्म अध्ययन गरिरहेका ६ देखि १६ वर्षका ९ जना बालबालिकालाई उपहार वितरण गरेको हो।

यो भेट बालबालिकाका अनुहारमा मुस्कान ल्याउन र उनीहरूको क्रिसमस खुशीमय बनाउनको गरिएको हो। केएल दुगर ग्रुपकी कार्यकारी निर्देशक सृष्टि दुगर भन्छिन्, ‘बालबालिकाको जीवनमा साना क्षणहरुले पनि ठूलो फरक पार्न सक्दछ। उनीहरूको अनुहारमा देखिएको मुस्कान र खुशीले हामीलाई आफ्नो कर्तव्यको महत्त्व अझै बुझाएको छ।’

उपहार वितरण बाहेक, कम्पनीका प्रतिनिधिहरूले अनाथालयमा उल्लेखनीय समय बिताएका छन्। बालबालिकासँगै एउटै स्थानमा खाना खाँदै गरिएका रमाइला कुराकानी र विभिन्न गतिविधिहरूले यस दिनलाई अझ स्मरणीय बनाएको छ।

कम्पनीको अनुसार यो कार्यक्रम समाजप्रति जिम्मेवारी पूरा गर्ने निरन्तर प्रयासको एक हिस्सा हो। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर गर्ने र हरेक समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.