आईतवार, आश्विन २५,२०८३ 04:32:57
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:32:57
Bizshala
Global IME Bank Limited

हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम सम्पन्न

Bizshala
हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । हायात प्लेस बुटवलले नयाँ वर्ष २०२६ को स्वागतका लागि आयोजना गरेको ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर ३१ को साँझ ७ बजेदेखि खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित उक्त कार्यक्रममा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

लक्जरी आतिथ्य, सशक्त मनोरञ्जन र स्वादिष्ट परिकारको संयोजनले उक्त साँझलाई पश्चिम नेपालकै उत्कृष्ट न्यू इयर पार्टी गन्तव्यको रूपमा स्थापित गराएको आयोजकको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

जाडोयामको रमणीय मौसम र वरपरका पहाडी दृश्यबीच रंगीन बत्तीहरूले सजाइएको कार्यक्रम स्थलले सन् २०२५ लाई बिदाइ र सन् २०२६ को स्वागतका लागि आकर्षक माहोल सिर्जना गरेको कम्पनीले जनाएको छ। कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२५ प्राप्ति रानाभटले गरेकी थिइन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा विभिन्न प्रस्तुती पेश भएका थिए । कार्यक्रमको सफलताप्रति प्रतिक्रिया दिँदै हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर ले भने,‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रममा पाहुनाहरूको उत्साहजनक सहभागिताले हामी अत्यन्तै खुसी छौँ। खुल्ला आकाशमुनि संगीत, खानपान र बुटवलको सुन्दर दृश्यसँगै मनाइएको यो उत्सवले पाहुनाहरूलाई नयाँ वर्षको सुरुवातमा अविस्मरणीय अनुभव दिएको छ भन्ने विश्वास लिएका छौँ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.