काठमाण्डौ । प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्स ले नेपालभर रहेका आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्याउने उद्देश्यसहित दुईवटा “Experience Center on Wheels” (चल्ती एक्सपेरियन्स सेन्टर) को औपचारिक शुभारम्भ गरेको छ।
यस अवधारणाअन्तर्गत तयार गरिएका दुई विशेष ब्रान्डेड ट्रकहरू अब देशका विभिन्न भू–भागमा रहेका प्राइम टाइल्सका आधिकारिक डिलरहरूसम्म पुग्नेछन्। यी चल्ती एक्सपेरियन्स सेन्टरमार्फत प्राइम टाइल्सका नवीनतम डिजाइन, गुणस्तर, उत्पादन विशेषता तथा ब्रान्ड अनुभवलाई डिलर, कारीगर, आर्किटेक्ट तथा लक्षित ग्राहक समूहसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरिनेछ।
यसले डिलरहरूसँगकोसम्बन्धलाई अझ मजबुत बनाउने, आपसी विश्वास वृद्धि गर्ने तथा बजारमा ब्रान्डकोउपस्थिति प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस अभियानमार्फत डिलरहरूले आफ्नै परिसरमा प्राइम टाइल्सको एक्सपेरियन्स सेन्टरको अनुभूति गर्न सक्नेछन्, जसलेउनीहरूलाई ग्राहकहरूसँग अझ आत्मविश्वासका साथब्रान्ड प्रस्तुत गर्न सहयोग पुर्याउनेछ। साथै, यस पहलले प्राइमटाइल्स र यसको डिलरनेटवर्कबीच दीर्घकालीन सहकार्य र समन्वयलाई थपसुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ।

