आईतवार, फाल्गुन ३,२०८२ 02:11:31
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:11:32
Bizshala
Global IME Bank Limited

मोटरसाइकलको टायरमा हावा कम हुँदा हुन सक्छन् यस्ता जोखिम

मोटरसाइकलको टायरमा हावा कम हुँदा हुन सक्छन् यस्ता जोखिम
Shivam Cement

काठमाण्डौ । नेपालमा अधिकांश मानिसहरू दैनिक आवागमनका लागि मोटरसाइकल प्रयोग गर्छन्। तर धेरै राइडरहरू आफ्ना दुईपांग्रे सवारीसाधनमा हुने साना–साना समस्याप्रति बेवास्ता गर्छन्, जसको परिणाम गम्भीर हुन सक्छ। यस्तै एक सामान्य तर खतरनाक समस्या हो—मोटरसाइकलको टायरमा हावा कम हुनु।

टायरमा आवश्यकभन्दा कम एयर प्रेशर हुँदा केवल सवारी अनुभव मात्र खराब हुँदैन, यसले दुर्घटनाको जोखिम समेत उल्लेख्य रूपमा बढाउँछ। विज्ञहरूका अनुसार कम हावा भएको टायरले टायरको आयु घटाउनुका साथै इन्जिनमा अतिरिक्त दबाब पार्छ, ह्यान्डलिङ बिगार्छ र माइलेजमा समेत नकारात्मक असर पार्छ।

दुर्घटनाको सम्भावना बढाउने अवस्था

मोटरसाइकलको कुनै पनि टायरमा हावा कम हुनु राइडरका लागि ज्यान जोखिममा पार्ने अवस्था हो। कम एयर प्रेशरका कारण ब्रेक लगाउँदा सवारी रोक्न बढी दूरी लाग्छ, जसले सडक दुर्घटनाको सम्भावना बढाउँछ। साथै, स्किड हुने जोखिम उच्च हुन्छ र टायर छिटो घिसिन थाल्छ। लामो समयसम्म बेवास्ता गरेमा रिमसमेत क्षतिग्रस्त हुन सक्छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ह्यान्डलिङ कमजोर र नियन्त्रण गाह्रो

जब टायरमा पर्याप्त हावा हुँदैन, मोटरसाइकलको सन्तुलन र ह्यान्डलिङमा प्रत्यक्ष असर पर्छ। विशेषगरी मोडमा बाइक अस्थिर हुन सक्छ, जसले नियन्त्रण गुम्ने खतरा बढाउँछ।

ब्रेकिङ दूरी बढ्छ

कम हावा भएका टायरले अचानक ब्रेक लगाउँदा प्रभावकारी रूपमा काम गर्न सक्दैनन्। यस्तो अवस्थामा बाइक रोक्न बढी समय लाग्ने भएकाले आपतकालीन अवस्थामा दुर्घटना हुन सक्छ, जसले ज्यान र धन दुवैको क्षति निम्त्याउन सक्छ।

कमजोर रोड ग्रिप र छिटो टायर घिसिने समस्या

कम एयर प्रेशरका कारण टायरले सडकसँग राम्रो पकड बनाउन सक्दैन। विशेषगरी भिजेको सडकमा टायर फिस्लिने जोखिम धेरै हुन्छ। साथै, टायरका साइडवाल छिटो घिसिन थाल्छन्, जसले टायर समयअगावै परिवर्तन गर्नुपर्ने अवस्था आउँछ।

इन्जिनमा बढी दबाब, माइलेजमा गिरावट

टायरमा हावा कम हुँदा टायर र सडकबीचको घर्षण बढ्छ, जसलाई रोलिङ रेजिस्टेन्स भनिन्छ। यसले सवारी अघि बढाउन इन्जिनलाई बढी मेहनत गर्न बाध्य बनाउँछ। परिणामस्वरूप इन्धन खपत बढ्छ र माइलेज घट्छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आर्थिक भार बढ्ने खतरा

खराब बाटोमा कम हावा भएका टायरसहित सवारी चलाउँदा रिममा तीव्र झटका लाग्छ। यसले अलोय ह्वील मुडिन वा भाँचिन सक्छ, जसको मर्मत वा प्रतिस्थापनमा हजारौं रुपैयाँ खर्चिन सक्छ।

समयमै जाँच आवश्यक

सवारी सुरक्षाका लागि मोटरसाइकलका दुवै टायरको एयर प्रेशर नियमित रूपमा जाँच गर्नु अत्यन्त आवश्यक छ। विशेषज्ञहरू हरेक हप्ता टायरको हावा जाँच गर्न सल्लाह दिन्छन्, जसले दुर्घटनाको जोखिम घटाउनुका साथै सवारीको प्रदर्शन र माइलेज सुधार गर्न मद्दत गर्छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.