सोमबार, श्रावण १८,२०८३ 04:29:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:29:04
Bizshala
Global IME Bank Limited

कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर

कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर
New Office

काठमाण्डौ । कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलवीच आइतबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्राडा जीवराज पोखरेल र नेपाल इको प्यानलकातर्फबाट व्यवस्थापक जनरल म्यानेजर विक्रम गोसाईले हस्ताक्षर गरेका छन् ।

कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई इको प्यानलको कारखानामा अवलोकन भ्रमण गराउने, कार्यशाला (सिमेन्ट÷कंक्रिट सम्बन्धित)गेस्ट लेक्चरका विषयमा सहमति भएको हो । सहमति अनुसार नेपाल इको प्यानलले कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई कारखाना भ्रमणको सुविधा दिने छ । भ्रमण आवश्यकता अनुसार वा प्रत्येक शैक्षिक सेमेस्टरमा एक पटक हुनेछ । कलेजले त्यसको लागि नेपाल इको प्यानललाई प्रस्तावित भ्रमण मिति भन्दा कम्तीमा १५ दिन अगाडि सूचित गर्नेछ ।

कार्यशाला (सिमेन्ट÷कंक्रिट सम्बन्धित)÷गेस्ट लेक्चर सम्वन्धमा नेपाल इको प्यानल सबै सेमेस्टरमा सिमेन्ट सम्बन्धी वा अन्य विषय सम्बन्धी विषयहरूमा विभिन्न कार्यक्रमका विद्यार्थीहरूका लागि सञ्चालन गर्न सहमती भएको छ  । विशिष्ट विषयहरू र तालिका प्रत्येक सेमेस्टर अघि दुवै पक्षहरूद्वारा पारस्परिक रूपमा सहमत हुनेछन् । कार्यशाला व्यवस्थासँग सम्बन्धित सबै खर्चहरू (सहयोगकर्ता, प्रदर्शनका लागि उपकरण वा अन्य सम्बन्धित लागत) कलेजले व्यवस्था गर्नुपर्नेछ ।  

एमओयू पाँच वर्षको अवधिको लागि हुने जनाइएको छ । सहमति अनुसार कलेजलाई इको प्यानलसँंग औद्योगिक भ्रमण, अतिथि व्याख्यान र सिमेन्ट सम्बन्धी अन्य कुनै पनि शैक्षिक गतिविधिहरूमा सहकार्य गर्ने विशेष अधिकार हुनेछ ।  

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कारखाना भक्तपुरको झौखेलमा छ भने कर्पोरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.