आईतवार, जेष्ठ ३,२०८३ 04:59:38
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:59:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोटरसाइकलमा कस्तो हुन्छ डिस ब्रेकको फाइदा र नोक्सान ?

Laxmi Sunrise Bank Limited
मोटरसाइकलमा कस्तो हुन्छ डिस ब्रेकको फाइदा र नोक्सान ?
Shivam Cement

काठमाण्डौ । आजकल बजारमा आउने मोटरसाइकलमा डिस्क ब्रेक एउटा सामान्य फिचर बनेको छ । पहिले यो प्रविधि महङ्गो र स्पोट्स बाइकमा मात्रै सीमित थियो । तर अहिले भने यो कम मूल्य भएका बाइकहरुमा समेत देखिन थालेको छ । यदि तपाई नयाँ बाइक खरिद गर्न गईरहनु भएको छ भने वा आफ्नो बाइकको ब्रकिङ प्रणालीबारे जानकारी लिन चाहनुहुन्छ भने, डिस्क ब्रेकको फाइदा वा नोक्सानी बारे थाहा पाउन आवश्यक छ ।

डिस्क ब्रेकको फाइदा

शानदार ब्रेक पावरिङ

डिस्क ब्रेकको सबैभन्दा ठूलो फाइदा भनेको यसको पकड क्षमता हो । यसले बाइक स्पिडमा भएको बेला ड्रम ब्रेकको तुलनामा धेरै कम दूरीमा मोटरसाइकल रोक्छ । तीव्र गतिमा भएको बेला अचानक ब्रेक लगाउँदा डिस ब्रेक धेरैनै विश्वासपूर्ण हुन्छ ।

गर्मीको राम्रो निकाश

ब्रेक लगाउँदा घर्षणका कारण धेरै गर्मी उत्पन्न हुन्छ । यस्तो अवस्थामा ड्रम ब्रेक बन्द हुन्छ,त्यसैले ड्रम ब्रेक चाडै तातिन छ र परफरमेन्स सुस्त हुन्छ । यसको विपरीत डिस ब्रेक खुला हुन्छ, जसका कारण हावाको सम्पर्कमा रहेर चाडै चिसिन्छ । यस कारण लामा समयसम्म राम्रो प्रदर्शन गर्न सक्षम हुन्छ ।

Bizshala
New Office
CG Motors

वर्षात र हिलोमा राम्रो प्रदर्शन

वर्षातको समयमा ड्रम ब्रेकमा पानी पस्ने भएकाले त्यसले राम्रो प्रदर्शन गर्न सक्दैन । त्यसैले यसको पकड कमजोर पर्न जान्छ । तर यस्तो अवस्थामा भने डिस्क ब्रेकले राम्रोसँग काम गर्छ । डिस्क ब्रेकमा रानो–सानो प्वाल हुन्छ । जसले पानी र फोहोरलाई तुरुन्तै बाहिर निकाल्छ । जसका कारण भिजेको वा हिलोपूर्ण सडकमा पनि ब्रेकिङ प्रणालीले राम्रोसँग काम गर्छ ।

सटीक नियन्त्रण

डिस्क ब्रेकमा कुन बेला कति दबाब लगाउने भन्ने कुरा राइडरलाई राम्रोसँग थाहा हुन्छ । जसका कारण टायर लक हुने खतरा कम हुन्छ, यदी बाइकमा एबीएस छ भने ।

डिस ब्रेकको बेफाइदा

महँगो हुनु

डिस्क ब्रेक भएका सवारीसाधनहरू प्रायः ड्रम ब्रेक भएका सवारीसाधनभन्दा महँगो पर्छन्। यसका पार्टहरू जस्तै डिस्क प्लेट, क्यालिपर र ब्रेक प्याडहरू पनि बढी मूल्यमा उपलब्ध हुन्छन्।

Garima Development Bank
Shivam Cement
IME remit

रेखदेख आवश्यक हुनु

डिस्क ब्रेकलाई समय(समयमा ब्रेक तेलको जाँच र परिवर्तन आवश्यक पर्छ। यदि ब्रेक लाइनमा हावा प्रवेश भएमा ब्रेक पूर्ण रूपमा काम गर्न बन्द गर्न सक्छ।

अचानक पाङ्ग्रा लक हुने जोखिम

बिना एंटी लक ब्रेकिङ सिस्टम भएका सवारीमा, ब्रेक अचानक र जोरले लगाउँदा पाङ्ग्रा तुरुन्तै लक हुन सक्छ। यसले बाइक स्लिप हुने र दुर्घटना हुने जोखिम बढाउँछ, विशेषगरी भिजेको, बालुवालो वा असमान सडकमा।

खुला डिजाइन

डिस्क ब्रेकको डिजाइन खुला भएकाले, दुर्घटना वा खस्दा डिस्क प्लेट मुड्ने वा बिग्रने सम्भावना बढी हुन्छ।

लामो यात्रा र छिटो गतिको समयमा डिस्क ब्रेक बढी भरपर्दो हुन्छ किनभने यो छिटो तात्तो हुँदैन र लगातार ब्रेक प्रयोग गर्दा पनि क्षमता घट्दैन।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.