बुधबार, असार १०,२०८३ 07:52:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:52:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा निपाह भाइरस फैलिँदा नेपालसहित एशियाली मुलुकहरूमा सतर्कता

Laxmi Sunrise Bank Limited
भारतमा निपाह भाइरस फैलिँदा नेपालसहित एशियाली मुलुकहरूमा सतर्कता

काठमाण्डौ । भारतको पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि नेपालसहित एशियाका विभिन्न मुलुकहरूले सतर्कता अपनाएका छन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका स्थलसीमामा यात्रुहरूको स्वास्थ्य जाँच सुरु गरेको छ।

पश्चिम बंगालमा यस महिनाको सुरुआतमा पाँच जना स्वास्थ्यकर्मी निपाह भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। संक्रमितसँग सम्पर्कमा आएका करिब ११० जनालाई क्वारेन्टिनमा राखिएको छ।

New Office
CG Motors
Garima Development Bank

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने रोग हो। विशेषगरी फलफूल खाने चमेरा र सुँगुरबाट मानिसमा संक्रमण फैलिन सक्छ। साथै, संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क वा दूषित खाद्य पदार्थमार्फत पनि यो भाइरस सर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। निपाह भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको र हालसम्म यसको उपचारका लागि कुनै स्वीकृत औषधि वा खोप उपलब्ध नभएको बताइएको छ।

डब्लुएचओले निपाह भाइरसलाई कोभिड–१९ र जिका भाइरसजस्ता उच्च जोखिमयुक्त रोगहरूसँगै प्राथमिकतामा राखिएको शीर्ष १० रोगको सूचीमा समावेश गरेको छ। यसको इन्क्युबेशन अवधि चारदेखि १४ दिनसम्म रहने गर्दछ। प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, वान्ता र घाँटी दुख्ने देखिन सक्छ। गम्भीर अवस्थामा बिरामीमा चेतनास्थितिमा परिवर्तन, निमोनिया तथा मस्तिष्कमा सुन्निने समस्या (इन्सेफलाइटिस) देखिन सक्छ, जुन घातक हुन सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुर पालक किसानहरूमा देखिएको थियो। त्यस क्रममा एक सयभन्दा बढी मानिसको मृत्यु भएको थियो र संक्रमण नियन्त्रण गर्न करिब १० लाख सुँगुर नष्ट गरिएको थियो। पछिल्ला वर्षहरूमा बंगलादेशमा निपाह संक्रमणका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ। भारतमा पनि यसअघि पश्चिम बंगाल र केरलामा निपाहका प्रकोप देखिएका थिए।

हालको प्रकोपपछि थाइल्यान्डले पश्चिम बंगालबाट आउने उडानहरू अवतरण गर्ने बैंकक र फुकेटका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ। त्यस्तै, ताइवानले निपाह भाइरसलाई उच्च जोखिमयुक्त ‘क्याटेगरी ५’ रोगको सूचीमा राख्ने प्रस्ताव अघि सारेको छ।

नेपालका स्वास्थ्य अधिकारीहरूले पनि सीमामा निगरानी बढाइएको जनाउँदै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.