आईतवार, जेष्ठ ३,२०८३ 04:58:28
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:58:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गाडी चलाउँदा दुर्घटना हुनबाट बचाउन सक्छ फोनको यो फिचरले

Laxmi Sunrise Bank Limited
गाडी चलाउँदा दुर्घटना हुनबाट बचाउन सक्छ फोनको यो फिचरले
Shivam Cement

काठमाण्डौ । आजको समयमा अधिकांश मानिसहरूले स्मार्टफोन प्रयोग गर्छन्, तर के तपाईंलाई थाहा छ—यसको एउटा विशेष फिचरले सडक यात्राका क्रममा तपाईंको ज्यानसमेत जोगाउन सक्छ ? हामी ‘डू नट डिस्टर्ब (डीएनडी)’ फिचरको कुरा गर्दैछौं।

गत वर्ष एएए फाउन्डेशन फर ट्राफिक सेफ्टीद्वारा गरिएको एक अध्ययनले ८५ प्रतिशत मानिसहरूलाई यो फिचर कसरी सक्रिय गर्ने भन्ने नै थाहा छैन भन्ने तथ्य सार्वजनिक गरेको थियो। त्यस्तै, ठूलो संख्यामा मानिसहरूलाई डीएनडी फिचरको बारेमै जानकारी थिएन। एएएका ट्राफिक सेफ्टी एड्भोकेसी तथा रिसर्च निर्देशक जेक नेल्सनले एक प्रेस विज्ञप्तिमा स्मार्टफोनले कसरी हाम्रो ध्यान विचलित गर्छ र ड्राइभिङका क्रममा ठूलो जोखिम बन्न सक्छ, तर यही स्मार्टफोनले त्यसलाई रोक्न पनि सहयोग गर्न सक्छ भन्ने बताएका थिए। यो फिचर प्रयोग गर्न अत्यन्त सजिलो छ र एन्ड्रोइड तथा ओएस दुवै उपकरणमा उपलब्ध छ।

Bizshala
New Office
CG Motors

अध्ययनका लागि ३०० जना लाइसेन्स प्राप्त चालकहरूसँग सर्वेक्षण गरिएको थियो। उनीहरूलाई डीएनडी प्रयोगको आधारमा तीन समूहमा वर्गीकृत गरिएको थियो—पहिलो, हाल प्रयोग गरिरहेका, दोस्रो, प्रयोग नगर्ने, र तेस्रो, पहिले प्रयोग गरेर छोडिसकेका।

अन्तिम चरणमा २६ जना सहभागीहरूको १० हप्तासम्म उनीहरूको आफ्नै सवारीसाधनमा डेटा अधिग्रहण सफ्टवेयर तथा सेल्फ–रिपोर्टिङ एपमार्फत निगरानी गरिएको थियो। पहिलो पाँच हप्तासम्म उनीहरूले सामान्य तरिकाले सवारी चलाए। त्यसपछिका पाँच हप्तामा भने सबैले सवारी चलाउँदा आफ्नो स्मार्टफोनमा डीएनडी फिचर सक्रिय गरे।

डीएनडी प्रयोगका पाँच हप्तापछि स्मार्टफोनसँगको अन्तरक्रियामा ४१ प्रतिशतको कमी देखियो र सवारी चलाउँदा फोन उठाउने सम्भावना ६ प्रतिशतले घट्यो। आरडी डट कमको रिपोर्टअनुसार, ध्यान विचलनका कारण सवारी चलाउँदा प्रत्येक वर्ष ३२ सय भन्दा बढी मृत्यु हुने गरेका छन्।

अध्ययनको सुरुवातमा केवल ५० प्रतिशत सहभागीहरूलाई आफ्ना स्मार्टफोनमा रहेको डीएनडी फिचरबारे जानकारी थियो, र ८५ प्रतिशतले यसलाई कसरी प्रयोग गर्ने भन्ने थाहा नभएको बताएका थिए। त्यसैले, ड्राइभिङका क्रममा स्मार्टफोनको यो सानो तर अत्यन्त महत्त्वपूर्ण फिचरको प्रयोग गर्न आवश्यक छ।

Garima Development Bank
Shivam Cement
IME remit

डीएनडी के हो ?

डीएनडी फिचरले फोनलाई ‘साइलेंट मोड’मा राख्छ। फोनमा कल, सन्देश वा नोटिफिकेशन आए पनि फोन बज्दैन र भाइब्रेट पनि गर्दैन, जसले गर्दा तपाईंको ध्यान फोनतर्फ जाँदैन। यसमा आवश्यकताअनुसार सेटिङ परिवर्तन गर्न सकिन्छ। उदाहरणका लागि, कुनै विशेष व्यक्तिको कल भने थाहा पाउन चाहनुहुन्छ भने त्यस्तो व्यवस्था गर्न सकिन्छ।

फोनमा कसरी सक्रिय गर्ने ?

डीएनडी फिचर सक्रिय गर्न सजिलो छ। एन्ड्रोइड वा आईफोन दुवैमा कन्ट्रोल सेन्टरमार्फत यसलाई अन गर्न सकिन्छ, वा सेटिङ्स मेनुमा गएर पनि सक्षम बनाउन सकिन्छ। केवल ड्राइभिङका क्रममा मात्र होइन, अध्ययन वा कार्यालयका कामका बेला पनि यो फिचर अत्यन्त उपयोगी हुन्छ।

जरुरी कल छुट्न नदिन सेटिङ मिलाउनुहोस्

डीएनडी सक्रिय हुँदा महत्त्वपूर्ण कल वा सन्देश छुट्न सक्छ। तर, सेटिङ्समा गएर तपाईंले कुन–कुन कल वा नोटिफिकेशन डीएनडी मोडमा पनि प्राप्त गर्ने भन्ने निर्धारण गर्न सक्नुहुन्छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.