काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २०३५.६४ मा बन्द भएको बजार यो साता २००४.०५ मा बन्द भयो । यस हिसावले यो साता बजार ३१.५९ अंकले घट्यो । यो साता सेयर बजारमा ५ दिन कारोबार १३.९४ अर्बको कारोबार भयो । अघिल्लो साता ९.७३ अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक घट्यो भने सेयर कारोबार बढ्यो । यो सातासम्म दोस्रो बजारमा लगातार तीन साता बजार घट्यो । यो साता बजार पूँजीकरण ३१.७७ खर्ब पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ३२.२७ खर्ब थियो । यस हिसावले यो साता ५० अर्ब बजार पूँजीकरण घट्यो ।
इचिमोकू
जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत यो साताको बजार पनि वियरिस नै देखिएको छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो। यससँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।
अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत यो साता मूल्य रेखाहरु क्लाउड पोजिसनबाट तल खसेका छन् । बेस लाइन र कन्भर्जन लाइनबीच क्रस ओभर बनेको छ । क्लाउडको पोजिसन पनि हरियो बाट रातो बनेको छ । यी सबै इन्डिकेटरबाट नियाल्दा बजार झनझन् वियरिस बन्दै गरेको देखिन्छ । यो साता सबै कारोबारमा घटेको बजारमा क्याण्डलहरु छोटाछोटा बन्दै गरेकोले बजार सम्हालिने प्रयासमा रहेको भन्न सकिन्छ । तर बजार फर्किहाल्छ भन्ने कुनै आधार भने देखिदैन् ।
बोलिङगर ,म्याक्डी र आरएसआईको आधारमा
विभिन्न अवधिमा बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा बजारमा बिक्री दबाब परेको प्रष्ट देखिन्छ । डेली बेसमा बजारलाई नियाल्दा अपर ब्याण्डबाट तल खसेको बजार अघिल्लो साता मध्य ब्याण्डबाट पनि तल खसेको छ । अब बजारले तल्लो ब्याण्डमा सपोर्ट लिन आउन सक्छ । त्यो भनेको बजार करिब बजार एक पल्ट २ हजारबाट खसेर १९८० आसपास आउन सक्छ भन्ने हो ।
जसलाई आरएसआईले पनि पुष्टि गर्दै गरेको देखिन्छ । आरएसआई हाल ४० को तहमा चलेको छ । घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि आउन सक्छ । म्याक्डीमार्फत नियाल्दा केही सयम पहिले बनेको वियरिस क्रसओभर हाल सम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामालामा हुँदै गएका छन् । समग्र तीन वटै इन्डिकेटरबाट नियाल्दा विगत तीन साता करेक्सन आएको बजारमा आगामी साता पनि यसले निरन्तरता पाउन सक्ने सम्भावना देखिन्छ ।
पिभट् विश्लेषण
पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –२०८२
प्रतिरोध २ –२०६८
प्रतिरोध १– २०५१
पिभट प्वइन्टः २०२७
घटेमा सपोर्ट
सपोर्ट १– १९९०
सपोर्ट २– १९७५
प्रतिरोध ३ –१९६०
निष्कर्षः अघिल्लो २ साता घटेको बजार यो साता पनि घट्यो । अघिल्लो साता करिव १३ अंकले घटेको बजार यो साता ३१.५९ अंकले घट्यो । यो साताको ५ दिनको कारोबारमा नेप्से सूचक घट्यो भने कारोबार बढ्यो । अघिल्लो महिना अपर ब्याण्ड छोएर तल खसकेको बजार यो साता मध्य ब्याण्डबाट पनि तल खसेको छ । अब बजार तल्लो ब्याण्डमा सपोर्ट लिन आउन सक्छ । जसलाई आरएसआईले पनि पुष्टि गरेको देखिन्छ । हाल ४० को तहमा चलको यस्तो विन्दु घट्दो बजारमा ३० सम्म आउन सक्छ । प्राविधिक रुपमा हालसम्म बजारमा ट्रेन्ड रिभर्सलको कुनै संकेत देखिदैन ।
आधाभूत रुपमा पनि आगामी साता पनि बजारमा खासै कुनै सुधार हुने देखिदैन । आगामी साता एक दिन सार्वजनिक बिदा परेकाले ४ दिन मात्रै कारोबार हुने छ । जसमा बजार साइडवेज नै चल्ने देखिन्छ । उपसमूहअन्तगर्त हेर्दा यो साता लघुवित्त र होटलमा सुधार आयो भने अन्य सबै उपसमूहमा रातो पोतियो । यो साता पनि बैंकिङ समूहमा दबाब कायम नै रह्यो । जसले बजारमा बिक्री दबाब आयो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।