आईतवार, फाल्गुन ३,२०८२ 04:10:11
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:10:12
Bizshala
Global IME Bank Limited

मेगा बिजिनेश ग्रुपले नेपालमा सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु भित्राउँदै

मेगा बिजिनेश ग्रुपले नेपालमा सिएचटिसी मोटर्सका चिनियाँ भ्यानहरु भित्राउँदै
Shivam Cement

काठमाण्डौ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजिनेश ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस अनुसार अब  मेगा बिजिनश ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ। व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुलचार्जमा), लिथिएम आएन ब्याट्री प्याक,  २०५ एम. एम. ग्राउण्ड  क्लिएरेन्स , सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन । 

यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानमा नपाइने कम्पनीले दाबी गरेको छ । चीने सरकारद्वारा सञ्चालित  सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट   कम्पनीहरु मध्येको  सिनोमाच ग्रुपको एक इकाई हो  ।  

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.