नेपाल इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार राजधानीको पुतलीसडक क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
सीआईबीका एक अधिकारीका अनुसार उनलाई केही समयअघि मात्रै नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।