बिहीबार, बैशाख ३,२०८३ 05:34:42
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 05:34:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन रिका उच्च व्यवस्थापकलाई ७ दिने स्पष्टीकरण सोधियो, चित्तबुझ्दो जवाफ नआए कारबाही हुने

Bizshala
हिमालयन रिका उच्च व्यवस्थापकलाई ७ दिने स्पष्टीकरण सोधियो, चित्तबुझ्दो जवाफ नआए कारबाही हुने
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधेको छ ।  

प्राधिकरण उच्च स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्सभित्र कैफियत देखिएपछि कम्पनीका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधिएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राधिकरणले व्यवस्थापकहरुलाई ७ दिने स्पष्टिकरण सोधेको हो ।  

प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले हिमालयन रि इन्स्योरेन्सलाई अहिलेको लागि ७ दिने स्पष्टिकरण सोधिएको पुष्टि गरे।

यस्तै, प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलका अनुसार कम्पनीमा केही कैफियत देखिएका आधारमा उच्च व्यवस्थापकसँग स्पष्टिकरण सोधिएको हो ।  

‘प्राधिकरणले ७ दिने स्पष्टिकरण सोधेको छ, तर जवाफ हालसम्म आइसकेको छैन’ उनले भनिन्, ‘कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा प्राधिकरणले कम्पनीका व्यवस्थापकहरुलाई आवश्यक कारबाही गर्नेछ ।’

CG Motors
Garima Development Bank
IME remit

प्राधिकरणले कम्पनीका सीइओ उपासना पौडेलसहित डेपुटी सीइओ मुकेशकुमार कपुर, कार्यकारी निर्देशकहरु मनिष कुमार, शिशिर गैह्रे र सन्तोष केसी लगायतलाई स्पष्टीकरण सोधेको समेत बताएको छ ।  

हाल सीइओ पौडेल बिरामी विदा लिएर उपचारका लागि भारत गएकी छिन् । अरु उच्च व्यवस्थापकहरु भने नेपालमै छन् ।  

पछिल्लो समय सम्पत्ति शुद्धिकरण विभागले गरिरहेको एउटा हाईप्रोफाइल अनुसन्धानमा यो कम्पनी पनि मुछिएको छ । त्यही विषयमा आधारित रहेर उच्च व्यवस्थापकसँग स्पष्टीकरण सोधिएको हो ।  

Bizshala
Muktinath Bikas Bank Limited

(यसअघि प्रकाशित समाचारमा उच्च व्यवस्थापकमाथि स्पष्टीकरण सोधिएको भन्ने हुनुपर्नेमा अन्यथा भएकोेले भूल सुधार गरिएको छ ।)

-सम्पादक

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.