शुक्रबार, बैशाख ४,२०८३ 12:17:04
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:17:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जनतामाथि महँगी, सत्तामाथि प्रश्न: कांग्रेसले उठायो दुई ठूला एजेन्डा

Bizshala
जनतामाथि महँगी, सत्तामाथि प्रश्न: कांग्रेसले उठायो दुई ठूला एजेन्डा
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसले बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गएको भन्दै सरकारलाई तत्काल कर घटाएर राहत दिन कडा आग्रह गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मध्यपूर्वको संकटले नेपाली अर्थतन्त्रमा पारिरहेको प्रभावलाई गम्भीर रूपमा लिएको छ ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले इन्धन र ग्यासको मूल्यवृद्धिले भान्सा, कृषि, पर्यटन, यातायात, व्यवसाय र रोजगारीमा प्रत्यक्ष असर पारेको निष्कर्ष निकाल्दै मूल्य नियन्त्रणका लागि विभिन्न करहरू घटाउने वा केही समयका लागि हटाउने नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ । बैठकले मूल्यवृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएर फिर्ता गर्ने व्यवस्था गर्न, पूर्वाधार विकास कर, भन्सार शुल्क, सडक मर्मत दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित करजस्ता अतिरिक्त करहरू पुनरावलोकन गरी घटाउने वा अस्थायी रूपमा हटाउने उपाय अपनाउन जोड दिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसैगरी, कर संरचनाका कारण नेपाल आयल निगमले उच्च मूल्यमा इन्धन खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई सम्बोधन गर्न स्पष्ट कर नीति बनाउनुपर्ने बताएको छ । बैठकले बढ्दो यातायात खर्चले प्रभावित विद्यार्थीहरूलाई विशेष सहुलियत दिने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

बैठकले सम्पत्ति छानबिनको विषयमा पनि महत्वपूर्ण निर्णय गर्दै सार्वजनिक पदमा रहेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्ण अधिकार सम्पन्न, स्वायत्त र स्वतन्त्र आयोग गठन गर्नुपर्ने पुरानो अडान दोहोर्‍याएको छ । हाल मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको र पर्याप्त स्वायत्त नभएको भन्दै कार्यपालिकाको प्रभावबाट मुक्त बनाउन पुनर्विचार गर्नुपर्ने धारणा राखेको छ ।

पार्टीले २०४६ देखि २०८२ सम्मका भ्रष्टाचारसम्बन्धी सबै प्रकरणलाई समेटेर व्यापक अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै, सार्वजनिक पदमा पुगेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनी दायित्व भए पनि त्यसअघिको सम्पत्तिको वैध स्रोतबारे उठेका प्रश्नको स्पष्ट जवाफ दिनु सम्बन्धित व्यक्तिको नैतिक जिम्मेवारी भएको बताएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने, सरकारका सकारात्मक काममा सहयोग गर्ने तर अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमा कुनै सम्झौता नगर्ने नीति अख्तियार गरेको छ । अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल नियमनका नाममा नागरिकको आवाज दबाउने काम नगर्न सरकारलाई सचेत गराएको छ ।

CG Motors
Garima Development Bank
IME remit

विधिको शासन कायम गर्न, निष्पक्ष अनुसन्धान र ‘ड्यु प्रोसेस’ पालना गर्नुपर्नेमा जोड दिँदै बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक भएको ठहर गरेको छ । भदौ २४ गतेका घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भए पनि पर्याप्त छानबिन नभएको भन्दै त्यसबारे छुट्टै उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

बैठकले भातृ संस्थाहरूको संगठनात्मक अवस्था अध्ययन गरी अधिवेशनसम्बन्धी सुझावसहितको प्रतिवेदन पारित गरेको छ भने प्रवासस्थित जनसम्पर्क समितिहरूको प्रतिवेदन पनि स्वीकृत गरेको छ । यसैगरी, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया तीव्र रूपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

समग्रमा, नेपाली कांग्रेसले महँगी नियन्त्रण, सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यको संरक्षणलाई एकैसाथ अगाडि बढाउने सन्देश दिएको छ । बैठकले जनताको दैनिक जीवनलाई राहत दिने र भ्रष्टाचार नियन्त्रण गर्ने दिशामा सरकारलाई दबाब दिने रणनीति लिएको देखिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.