बिहीबार, बैशाख १७,२०८३ 04:17:33
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 04:17:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै

Bizshala
फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै
Shivam Cement

काठमाण्डौ । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले चितवन अटो शो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरिरहेको छ। कम्पनी यहि वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुनेछ। ईभी भ्यान, TM1 र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफरसहित फोटोन नेपालले यस वर्षको शोमा सबैभन्दा चर्चित कमर्शियल मोबिलिटी गन्तव्य बन्ने लक्ष्य राखेको छ।

फोटोनको स्टलमा आउने आगन्तुकहरूले विभिन्न सवारी साधनहरूको आकर्षक रेन्ज अवलोकन गर्न सक्नेछन्, जसमा यस इभेन्टमै मात्र उपलब्ध हुने विशेष अफरहरू समावेश छन्। फोटोन हाइ रूफ ईभी भ्यान (CADA मूल्य: रु. ५३,४९,०००) र लो रूफ ईभी भ्यान (CADA मूल्य: रु. ४८,४९,०००) सँग फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा आकर्षक गिफ्ट ह्याम्परहरू उपलब्ध छन्। सोकोन ईभी भ्यान (CADA मूल्य: रु. ३९,९९,०००) मा पनि यिनै सुविधाहरू समावेश छन्। 

 

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी तीनै ईभी मोडलहरूमा वास्तविक नगद छुट भने कार्यक्रममै सार्वजनिक गरिनेछ, जसले स्टल नं. ०३ मा आउने आगन्तुकहरूका लागि थप उत्साह र उत्सुकता बढाउने कम्पनीले जनाएको छ । 

बहुउपयोगी सवारी साधन खोज्ने ग्राहकहरूका लागि फोटोन TM1 (CADA मूल्य: रु. २८,४९,०००) मा आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध छन्, जसको अन्तिम छुट पनि कार्यक्रममै घोषणा गरिनेछ। 

त्यस्तै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा र आकर्षक गिफ्ट ह्याम्परहरू उपलब्ध छन्, जसले व्यवसायी तथा उद्यमीहरूका लागि प्रारम्भिक लगानीको भार कम गर्दै भरपर्दो कमर्शियल गाडी किन्न सहज बनाउने जनाइएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यी अफरहरूको पछाडि एमएडब्लू वृद्धिको देशव्यापी नेटवर्कको भरोसा र पहुँच रहेको छ। फोटोनका ग्राहकहरूले १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी आउटलेट भएको अफ्टर-सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता, लचिलो फाइनान्सिङ सुविधा तथा देशभरको सहज पहुँचबाट दीर्घकालीन स्वामित्वमा आत्मविश्वास पाउने छन्।

फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, परिवार, फ्लिट अपरेटर र कमर्शियल ग्राहकहरूलाई स्टलमा आएर इभेन्टमा उपलब्ध विशेष मूल्यबारे जानकारी लिन आमन्त्रण गरेको छ। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X