आईतवार, आश्विन २५,२०८३ 05:49:55
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:49:55
Bizshala
Global IME Bank Limited

भारतको विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

Bizshala
भारतको विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा
New Office

काठमाण्डौ । भारतको प्रतिष्ठित विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्राण्ड एम्पीयर ले नेपालमा आफ्नो बजार विस्तार गर्दै अब पोखरामा पनि आधिकारिक रूपमा बिक्री–वितरण सुरु गरेको छ। भारतको १६५ वर्षभन्दा बढी इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी द्वारा उत्पादित एम्पीयर स्कुटर नेपालमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोलुसन प्रालिमार्फत बिक्री हुँदै आएको छ।

नेपालभर आफ्नो उपस्थितिलाई विस्तार गर्ने क्रममा पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रा।लि। लाई एम्पीयरको आधिकारिक डिलर नियुक्त गरिएको छ। कम्पनीले बैशाख ३१ गतेदेखि आफ्नो नयाँ शोरुममार्फत एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण औपचारिक रूपमा सुरु गरेको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार एम्पीयरको नेक्सस ईएक्स मोडल आधुनिक डिजाइन, उच्च प्रदर्शन तथा स्मार्ट प्रविधिले सुसज्जित रहेको छ। दैनिक प्रयोग, सहज तथा आरामदायी यात्रा र किफायती विद्युतीय सवारीको खोजीमा रहेका ग्राहकहरूलाई लक्षित गर्दै यो स्कुटर नेपाली बजारमा ल्याइएको हो।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन उत्पादन गर्दै आएको छ। एम्पीयर ब्राण्ड भारतमा लोकप्रिय तथा विश्वसनीय विद्युतीय स्कुटर ब्राण्डमध्ये एकका रूपमा स्थापित भइसकेको कम्पनीको दाबी छ।

एम्पीयर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फोस्फेट ब्याट्री विशेष रूपमा सुरक्षित, टिकाउ तथा उच्च तापक्रम सहनसक्ने प्रविधिमा आधारित रहेको बताइएको छ। कम्पनीका अनुसार यी ब्याट्रीहरू माइनस ४० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएका छन्। साथै, एलएफपी ब्याट्रीको लाइफ साइकल करिब २ हजार चार्ज साइकलसम्म रहने उल्लेख गरिएको छ।

कम्पनीले एम्पीयर स्कुटरमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय गुणस्तर, भरपर्दो प्रदर्शन तथा वातावरणमैत्री यातायातको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.