काठमाण्डौ । नेपाल र भारतबीच डाइरेक्ट ट्रान्सफर गर्न सकिने सेवाको सुरूवात भएको छ। भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र उनका भारतीय समकक्षी एस जयशंकरले नेपाल र भारतमा पैसा पठाउन र प्राप्त गर्न सकिने सेवाको संयुक्त रूपमा सुरूवात गरेका हुन् ।
यससँगै अब नेपालका बैंकबाट भारत र भारतबाट नेपालका बैंकमा सजिलै पैसा पठाउन सकिनेछ । यद्यपी तत्काललाई यो सुविधा नेपालमा काम गरिरहेका वा अस्थाई बसोबास गरिरहेका भारतीयहरूले मात्रै पाउने छन् ।
यससँगै अब भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स(युपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्स(एनपीआई)को प्रणालीबीचको अन्तर आबद्धता हुनेछ । जसअन्तर्गत नेपालबाट भारतीय नागरिकहरुले एकपटकमा १५ हजार भारूसम्म भारत पठाउन सक्नेछन् ।
यस्तै नेपालबाट भने प्रतिमहिना २ लाख भारूसम्म पठाउन सकिनेछ । भारतठमा रहेका नेपाली वा त्यहाँका बासिन्दाले समेत प्रतिपटक २ लाख भारूसम्म पठाउन सक्नेछन् ।

