सोमबार, श्रावण १८,२०८३ 04:38:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:38:17
Bizshala
Global IME Bank Limited

अल न्यू किया के३ सेल्टोस नेपाली बजारमा, यस्ता छन् फिचर्स

अल न्यू किया के३ सेल्टोस नेपाली बजारमा, यस्ता छन् फिचर्स
New Office

काठमाण्डौ । किया नेपालले अल न्यू किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाण्डौको गैरीधारास्थित सिल्भर ओकमा विशेष समारोह आयोजना गरी उक्त एसयुभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश छन् ।

कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्यु किया के३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ । भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ ।

यो नयाँ एसयुभीमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू छन्, जसले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयुभीमध्ये एक बनाएको छ ।

अल न्यु किया के३ सेल्टोसले ८१ मा ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक हो ।

एसयुभी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले भने, ‘अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किन्छ । हामीलाई विश्वास छ यसले एसयूभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्नेछ ।’

अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै विक्री गर्ने कम्पनीको योजना छ । जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.