बुधबार, असार ३,२०८३ 12:06:47
Bizshala
  • बुधबार, असार ३,२०८३ 12:06:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनमा करेक्सन, एकैदिन तोलामा १२०० रुपैयाँ गिरावट

Laxmi Sunrise Bank Limited
सुनमा करेक्सन, एकैदिन तोलामा १२०० रुपैयाँ गिरावट
Shivam Cement

काठमाण्डौ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार केही करेक्सन देखिएको छ। घरेलु बजारमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले सस्तिएपछि लगानीकर्ता र उपभोक्ताले केही राहत महसुस गरेका छन्।

Bizshala
New Office
CG Motors

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको सामान्य नरमाहटको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। पछिल्ला दिनमा भू-राजनीतिक तनाव र सुरक्षित लगानीको आकर्षणले सुनको मूल्य उच्च विन्दुतर्फ उक्लिएको थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यद्यपि सुनको मूल्य अझै ऐतिहासिक रूपमा उच्च तहकै आसपास रहेकाले बजारको आगामी दिशा अन्तर्राष्ट्रिय आर्थिक गतिविधि, डलरको अवस्था तथा विश्वव्यापी राजनीतिक घटनाक्रमले निर्धारण गर्ने देखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.