सोमबार, श्रावण १८,२०८३ 03:36:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:47
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १३.७१% ले बढ्यो, सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १३.७१% ले बढ्यो, सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा निर्जीवन बीमकहरुले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

यो व्यवसाय गत आवको सोही अवधिको तुलनामा १३.७१ प्रतिशत बढी हो । गत आवको ११ महिनाको अवधिमा निर्जीवन बीमकहरुले ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।

सो अवधिसम्म सबै कम्पनीको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा १०.५२ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा ६ प्रतिशत बढी हो ।

यसका साथै हिमालयन एभरेष्टले ४ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियरले ३ अर्ब ९२ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब ९१ करोड, नेकोले ३ अर्ब २८ करोड, एनएलजीले ३ अर्ब ७३ करोड, दि ओरियन्टलले २ अर्ब ८० करोड, युनाइटेड अजोडले २ अर्ब ७५ करोड, सानिमा जिआइसीले २ अर्ब ५५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ९७ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय ३६.०२ प्रतिशतले बढेको छ । 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.