काठमाण्डौ । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ ।
गत अप्रिल १९ मा स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज कास्टेजनको प्रत्यक्ष्य उपस्थितिसहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि योजना सार्वजनिक गरिएको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल इलेक्ट्रिक क्रसओभर एसयुभि’को स्पेनिस बजारमा सार्वजनिक गरिए सँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।
नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिए देखि ओमोडाले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको कम्पनीले जनाएको छ ।
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।