सोमबार, श्रावण १८,२०८३ 03:14:20
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:14:20
Bizshala
Global IME Bank Limited

सडक आन्दोलनको तयारीमा एमाले, महासचिव पोखरेलद्वारा मातहत कमिटीलाई सतर्क रहन निर्देशन

सडक आन्दोलनको तयारीमा एमाले, महासचिव पोखरेलद्वारा मातहत कमिटीलाई सतर्क रहन निर्देशन
New Office

काठमाण्डौ। प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध सडक आन्दोलनको सम्भावनालाई ध्यानमा राख्दै पार्टी संगठनलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै शंकर पोखरेलले कुनै पनि बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भएकाले मातहतका सबै कमिटीलाई तयारी अवस्थामा रहन आग्रह गरे।

पोखरेलले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै शासकीय अनुभवको अभाव भएका व्यक्तिहरू सरकारको नेतृत्वमा पुगेकाले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको दाबी गरे। साथै, विभिन्न स्वार्थ समूहहरूले पछिल्लो समय आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको उनको आरोप थियो।

उनले सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको मानसिकताबाट अघि बढेको आरोप लगाउँदै अहिले नियम कानूनको बेवास्ता गर्दै स्वेच्छाचारी शैलीमा शासन सञ्चालन भइरहेको टिप्पणी गरे।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.