सोमबार, आश्विन २६,२०८३ 07:18:48
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:18:48
Bizshala
Global IME Bank Limited

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

Bizshala
पूँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता
New Office

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमराबीच पूँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा यहि बैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छा को तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले हस्ताक्षर गरे ।  

सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ देखि सञ्चालन हुँदै आएको छ । नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ । सम्झौता बमोजिम होटल इच्छाको पूँजीवृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

फाइभ स्टार होटल सञ्चालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तराष्ट्रिय स्तरको बनाउन अवश्यक रहको साथै थप सुविधा हरू जडान गर्न ठुलै पूँजीको आवश्यक परेको जनाइएको छ । पूँजी वृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर वृद्धि गर्न सजिलो हुने भएकाले भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि सेयर जारी गर्ने योजना रहेको जनाइएको छ ।  

पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्नेछ । सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । नेपालभित्र पनि विभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनी स्थापना, सञ्चालित कम्पनीलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उद्योग र बैंक र बीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.