सोमबार, आश्विन १२,२०८३ 05:16:59
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 05:16:59
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक र रोटरीबीच शैक्षिक सहकार्य, सामुदायिक विद्यालयमा पूर्वाधार सुधारमा लगानी गर्ने

Bizshala
महालक्ष्मी विकास बैंक र रोटरीबीच शैक्षिक सहकार्य, सामुदायिक विद्यालयमा पूर्वाधार सुधारमा लगानी गर्ने
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा र साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास परियोजनामा वित्तीय सहयोग उपलब्ध गराउनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्झौताअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना तथा विद्यालयको शैक्षिक वातावरण सुधारसँग सम्बन्धित अन्य परियोजनामा बैंकले सहकार्य गर्ने जनाएको छ।

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पछिल्लो सहकार्यबाट विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगसमेत गरेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.