काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयाँल नियुक्त भएका छन्।
कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीले फुयाँललाई असोज २६ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सोही मितिदेखि उनले कार्यबाहक सीईओको जिम्मेवारीसमेत सम्हाल्नेछन्।
फुयाँल यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारीमा थिए। गत साता मात्रै सन नेपाल लाइफबाट राजीनामा दिएर बाहिरिएका उनी लगत्तै हिमालयन लाइफको उच्च व्यवस्थापनमा प्रवेश गरेका हुन्।
फुयाँलसँग जीवन बीमा क्षेत्रको उच्च व्यवस्थापन तहमा काम गरेको अनुभव छ। सन नेपाल लाइफमा डीसीईओ बन्नुअघि उनी आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतसमेत रहिसकेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।