काठमाण्डौ । सरकारले पेट्रोल र डिजेलका सवारी साधनको कर वृद्धि गरेको छ । सरकारले आर्थिक विधेयकममार्फत पेट्रोल र डिजेल गाडीको सडक कर २ प्रतिशतले बढाएको थियो ।
सरकारले २५ सिटभन्दा माथिको डिजेल बस र १ हजार सीसीदेखि २ हजार सीसीसम्म क्षमताका पेट्रोल गाडीमा २ प्रतिशत सडक कर वृद्धि गरेको हो । साथै शुन्यदेखि २ हजार सीसीसम्म क्षमताको डिजेल कारमा पनि २ प्रतिशत सडक कर बढाइएको छ । अब २ हजार सीसीसम्म क्षमताको डिजेल कारमा १० प्रतिशत सडक कर तिर्नुपर्ने हुन्छ ।
२ हजार सीसी र ३ हजार सीसीभन्दा माथिको पेट्रोल गाडीमा भने सडक कर यथावत राखिएको छ ।