सोमबार, असार २,२०८२ 03:59:10
  • सोमबार, असार २,२०८२ 03:59:10
Global IME Bank Limited

उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक

Hyundai Nepal
उत्तर अमेरिकाका लागि जीपको पहिलो ईभी एसयुभी सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । अफरोड सवारीका लागि परिचित अटो निर्माता कम्पनी जिपले उत्तर अमेरिकी बजारका लागि आफ्नो पहिलो ईभी एसयुभी लञ्च सार्वजनिक गरेको छ ।  

कम्पनीले यसअघि युरोपेली बजारमा सानो आकारको एभेन्जर ईभी बिक्री गर्दै आईरहेको छ । तर गत बुधबार लञ्च गरिएको वाग्नोनिर एस भने अन्य बजारमा बिक्री हुुनुपूर्व अमेरिका र क्यानडामा बिक्री सुरु गरिने भएको छ । यससँगै वाग्नोनिर एस जीपको पहिलो ‘ग्लोबल ईभी’कार बन्नेछ ।  

वाग्नोनिर एसले ग्राहकहरुको पूर्णतः ईभी मोडलको चाहनालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ वाग्नोनिर एसको डिजाइन र आकार वर्तमानको जीप वाग्नोनिर मोडलेका तुलनामा बढी साइनी र एरोडाइनामिक हुनेछ । यसले दुईवटा इलेक्ट्रिक मोटरबाट ६ सय हर्सपावर जेनेरेट गर्नेछ । साथै यसले ३.४ सेकेण्डमा ६० माइल प्रतिघण्टाको गति लिन सक्छ । एकपटक फुल चार्ज भएपछि वाग्नोनिर एस ३०० माइलसम्म कुदाउन सकिने कम्पनीले जनाएको छ ।  

यसको बिक्री यसै वर्षदेखि सुरु हुने र यसको सुरुवाती मूल्य ७२ हजार अमेरिकी डलरबाट सुरु हुनेछ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.