सोमबार, आश्विन २६,२०८३ 09:44:03
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:44:03
Bizshala
Global IME Bank Limited

विश्वकपको नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने, प्रवेश निःशुल्क

Bizshala
विश्वकपको नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने, प्रवेश निःशुल्क
New Office

काठमाण्डौ । आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।

खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ । जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सञ्चालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टलहरू पनि उपलब्ध हुनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अवीस्मरणीय क्षण प्रदान गर्नेछ । उनका अनुसार  कम्तिमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भइ नेपाली क्रिकेट टोलीलाई हौसला दिनेछन् । उनले नेपाली खेल प्रेमीहरुलाई यो कार्यक्रम गौरवका साथ मनाउन आग्रह गरेका छन् ।  

निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ। नेपालको टि–२० विश्वकप २०२४ अन्तर्गतको यस पहिलो खेल आज राती ९ः१५ बजे देखि सुरु हुनेछ । नेपालले एक दशकपछि टि–२० विश्वकपमा भाग लिँदैछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.