सोमबार, असार २,२०८२ 03:07:48
  • सोमबार, असार २,२०८२ 03:07:48
Global IME Bank Limited

१ लाख युनिट बिक्री भएको उपलक्ष्यमा टिभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

Hyundai Nepal
१ लाख युनिट बिक्री भएको उपलक्ष्यमा टिभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । टिभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डौमा टिभीएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।  

जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभीएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा, सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभीएसको बानेश्वर शोरुमका सञ्चालक श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टिभीएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

यो राइडले टिभीएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरुबीचको सद्भावलाई पनि बलियो बनाएको कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.