मंगलवार, आश्विन २८,२०८२ 10:59:38
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 10:59:38
IME remit
Global IME Bank Limited

जेके टायरले नेपालमा लञ्च गर्यो २ नयाँ ओटीआर टायर

Hyundai Nepal
जेके टायरले नेपालमा लञ्च गर्यो २ नयाँ ओटीआर टायर
Shivam Cement

काठमाण्डौ । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका २ नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लञ्च गरेको हो ।  

यसले नेपाली बजारमा नयाँ इनोभेसनका साथ उपस्थित हुने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ ।  

जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा ती टायर सार्वजनिक गरेका हुन् ।  

नेपाली सडकमा दुई नयाँ हेभी ड्युटी ओटीआर टायर उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै जेके टायर एन्ड इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष अनुज कथुरियाले भने, ‘नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र नेपाली ग्राहकको विभिन्न चाहनालाई परिपूर्ति गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौं । यी नयाँ टायरले असाधारण स्थायित्व र विश्वसनियता प्रदान गर्छन् तथा विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त हुने किसिमले निर्माण गरिएका छन् । यसले हाम्रा ग्राहकलाई अद्वितीय क्षमता सहितको परफर्मेन्स उपलब्ध गराउने कुरामा हामी ढुक्क छौं । हामीले उपलब्ध गराउने एड्भान्स टेक्नोलोजी र प्रोडक्ट इनोभेसनले हाम्रो बजार हिस्सालाई समेत थप मजबुत बनाउन भूमिका खेल्ने छ ।’

Shivam Cement
Bizshala
CG Motors

नेपाली बजार मागलाई नै विशेष किसिमले ध्यानमा राखेर यी टायरको डिजाइन गरिएको छ र यसले सवारी साधनलाई पहिले भन्दा अतिरिक्त स्थायित्व र सुरक्षा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।  

जेके टायरको हार्ड रक च्याम्पियन नेक्स्ट जेन प्रिमियम माइनिङ टायर हो र यसको साइज १२.०० –२० २० पीआर छ । नेपालको माइनिङ अपरेसनलाई ध्यानमा राखेर उत्पादन गरिएका यी टायर टिपरहरुमा प्रयोग गर्न सकिन्छ । यसमा भएका नन–डिरेक्सनल ट्रेड प्याटर्न र ड्युअल बेन्ड ग्रुभले स्ट्रेस कन्सन्ट्रेसन घटाउछ र मेसिनलाई सुपेरियर परफर्मेन्स दिन्छ ।  

त्यसैगरी, जीटीएल प्सलको साइज १७.५–२५ २० पीआर छ र यसलाई ग्रेडर र लोडरमा प्रयोग गर्न सकिन्छ । जस्तोसुकै लोडमा पनि सहज तरिकाले प्रयोग गर्न सकिने गरी यसमा नाइलन प्रयोग गरिएको हुन्छ । विभिन्न निर्माण क्षेत्रमा यसको प्रयोग गर्न सकिन्छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.