आईतवार, बैशाख ६,२०८३ 06:31:25
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 06:31:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

Bizshala
नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला
Shivam Cement

काठमाण्डौ । शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुलचार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिकपावर रहने कम्पनीले बताएको छ ।

क्याटएल १ सय २३ किलोवाटको (लिथियम आईरन फोस्फेट)ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ । यो बसको लम्बाइ २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्तखाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

१२३ किलोवाटको ब्याट्री  क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्जट सेवा दिने पनि बताए ।  

दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बसको मुल्य निर्धारण हुनबाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।  

विगत १० वर्षदेखि व्यवसायिक गाडीहरु बिक्री वितरण गर्दै आईरहेको शशिला मोटर्स प्रालि पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । जुन स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.